शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

नेपालमा थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

नागरिक पाटी

२३, श्रावण २०७८
  • 4.9K
    SHARES
  • नेपालमा थप ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

    धादिङ । पछिल्लो २४ घण्टामा ३ हजार २१८ कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    images
    images

    यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।

    उक्त अवधिमा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ। हाल ३२ हजार २७ जना होम आइसोलेसन र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा छन्। ४४३ जना क्वारेन्टाइन, ७४६ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७८ शनिवार - १७:३४:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology