सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य मात्र बढ्यो

शेयर बजार सामान्य मात्र बढ्यो

नागरिक पाटी

२४, श्रावण २०७८
  • 3.7K
    SHARES
  • शेयर बजार सामान्य मात्र बढ्यो
    images

    काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेकोे छ । दिनभरि निकै उतारचढाव भएको नेप्से परिसूचक बन्द हुँदा भने जम्मा शून्य दशमलव ६६ अङ्कले बढेर तीन हजार एक सय आठ दशमलव १२ विन्दुमा पुगेको छ ।

    images

    विकास बैंक समूहको शेयर ६६ अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूहको शेयर एक सय १५ अङ्कले, फाइनान्सको २२ र उत्पादन समूहको शेयर तीन अङ्कले बढेको छ । होटल, व्यापार, बीमा, माइक्रोफाइनान्स, अन्य र लगानी समूहको शेयर भने घटेको छ ।

    कर्पोरेट विकास बैंक, अपी पावर कम्पनी, युनिभर्सल पावर, ङादी ग्रुप पावर, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर १० प्रतिशले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा धेरैजसो लघुवित्त कम्पनी रहेका छन् ।

    आज दुई सय २७ कम्पनीका दुई करोड ६९ लाख ३९ हजार कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७८ आइतवार - १९:०३:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology