काठमाण्डौँ । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज शून्य दशमलव ९४ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलव ५९ विन्दुमा पुगेको छ ।
आज होटल समूहको शेयर एक सय तीन अङ्कले बढेको छ । यस्तै जलविद्युत् समूह एक सय ४४ अङ्कले, माइक्रोफाइनान्स आठ अङ्कले, जीवन बीमा समूहको शेयर १० अङ्कले र निर्जीवन बीमा समूहको शेयर ४३ अङ्कले बढेको छ । बैंक, विकास बैंक, व्यापार, फाइनान्स, अन्य र उत्पादन समूहको शेयर भने घटेको छ ।
आज दुई सय ३० कम्पनीका दुई करोड ७२ लाख ९८ हजार कित्ता शेयर १५ अर्ब ४५ करोड ५५ लाख रुपैयाँमा किनबेच भएका छन् ।