सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार परिसूचक नेप्से बढ्यो

शेयर बजार परिसूचक नेप्से बढ्यो

नागरिक पाटी

२८, श्रावण २०७८
  • 7.8K
    SHARES
  • शेयर बजार परिसूचक नेप्से बढ्यो
    images

    काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से बढेको छ । साताको पहिलो दिन आइतवार सामान्य बढेको नेप्से अन्तिम दिन बिहिबार १६ दशमलव ४१ अङ्कले बढेर तीन हजार एक सय ७९ विन्दुमा पुगेको छ ।

    images

    बिहिबार बैंकिङ समूहको शेयर नौ अङ्कले बढेको छ । यस्तै विकास बैंकको तीन सय ४४ अङ्कले, फाइनान्सको ३२ अङ्कले, उत्पादनको ९९, जीवन बीमाको ३१ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ । जलविद्युत्, होटल, व्यापार, अन्य, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

    बिहिबार महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बंैक, शाइन रेसुङ्गा विकास बैंक, युनियन लाइफ, जीवन विकास लघुवित्त, रुरु जलविद्युत् र माउन्टेन इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनी, ओरियन्टल होटल लगायतको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

    बिहिबार दुई सय २५ कम्पनीका तीन करोड ६६ लाख कित्ता शेयर १७ अर्ब ५१ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको ६२ करोड ७९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७८ बिहिवार - १५:५५:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology