शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज भारतको ७५ औं स्वतन्त्रता दिवस

आज भारतको ७५ औं स्वतन्त्रता दिवस

नागरिक पाटी

३१, श्रावण २०७८
  • 6.6K
    SHARES
  • आज भारतको ७५ औं स्वतन्त्रता दिवस

    नयाँ दिल्ली । भारतले आज १५ अगष्टका दिन ७५ औं स्वतन्त्रता दिवस मनाउँदैछ । यो वर्ष भारतले आफ्नो स्वतन्त्रता दिवसलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’ को रुपमा मनाइरहेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतका विभिन्न भागमा मन्त्रायलय, राज्य सरकार, शैन्य बल तथा आम जनताद्वारा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।

    images
    images

    भारतको ७५ औं स्वतन्त्रता दिवसको महोत्सवको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दैछन् । आज बिहान मोदी लाल किला पुगेर भारतको झण्डा फहराउँदै देशवासीलाई सम्बोधन गर्दैछन् ।


    भारतीय प्रधानमन्त्री मोदीले भारतको स्वतन्त्रता दिवसको ७५ औं वर्ष मनाउनका लागि मार्च २०२१ मा गुजरातको अहमदाबादमा साबरमती आश्रमबाट स्वतन्त्रताको अमृत महोत्सवको थालनी गरेका थिए, जुन उत्सव १५ अगष्ट, २०२३ सम्म चल्ने बताइन्छ । स्वतन्त्रता दिवसको उत्सव मनाउने क्रममा राजधानी नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । एजेन्सी

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - ०८:११:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology