सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार घटेपनि एकै दिन कीर्तिमानी कारोबार

शेयर बजार घटेपनि एकै दिन कीर्तिमानी कारोबार

नागरिक पाटी

३१, श्रावण २०७८
  • 4.9K
    SHARES
  • शेयर बजार घटेपनि एकै दिन कीर्तिमानी कारोबार
    images

    काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक मापक नेप्से घटेको छ । उत्पादन र माइक्रो फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से २४ दशमलव ८८ अङ्कले घटेर तीन हजार एक सय ५४ दशमलव शून्य तीन विन्दुमा झरेको छ ।

    images

    आज नेप्से घटे पनि कारोबार रकमले भने नयाँ कीर्तिमान बनाएको छ । आज दुई सय २२ कम्पनीका तीन करोड ५५ लाख ५० हजार कित्ता शेयर २१ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएका छन् । यो नेपाली शेयर बजारको इतिहासमा एक दिन भएको सबैभन्दा उच्च कारोबार हो । यसअघि दैनिक कारोबार २० अर्ब रुपैयाँभन्दा धेरै पुगेको थिएन ।

    आज सबैभन्दा धेरै नेपाल बैंकको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रोको शेयर सबैभन्दा धेरै साढे आठ प्रतिशतले घटेको छ । यस्तै रसुवागढी हाइड्रो, श्री इन्भेस्टमेन्ट फाइनान्स, रसुवागढी हाइड्रोलगायतको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

    समग्र बजार राताम्मे हुँदा पनि खानीखोला हाइड्रो, जीवन विकास लघुवित्त र युनियन लाइफ कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७८ आइतवार - १८:२०:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology