शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार खर्च

वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार खर्च

नागरिक पाटी

५, भाद्र २०७८
  • 7.2K
    SHARES
  • वुहानबाट उद्धार गर्दा प्रतिव्यक्ति ७ लाख १० हजार खर्च

    काठमाडौँ । सरकारले कोरोना भाइरसको उद्गमस्थल वुहानबाट नेपाली नागरिकहरूलाई उद्धार गरेर काठमाडौं ल्याउँदा प्रतिव्यक्ति ७ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।

    images
    images

    महालेखा परीक्षकको प्रतिवेदनले त्यस बेला चीनको वुहानबाट १ सय ८७ नेपाली नागरिकलाई उद्धार गरेर ल्याउँदा १३ करोड २८ लाख ४७ हजार खर्च भएको जनाएको छ । २०७६ फागुन ४ देखि २० सम्म १७ दिनका लागि सेनाले क्वारेन्टाइनमा ५५ लाख र औषधि खरिदका लागि ६६ लाख ७१ हजार खर्च गरेको थियो ।


    चीनबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकहरूलाई नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रमा क्वारेन्टाइन निर्माण, निर्मित क्वारेन्टाइनका लागि आवश्यक सामग्री खरिद, उक्त ठाउँमा इन्टरनेट, बेड खरिद तथा निर्माणलगायत सहरी विकास मन्त्रालयले ७ करोड ५६ लाख ९५ हजार खर्च गरेको प्रतिवेदनमा छ ।

    त्यसबेला चीनको वुहान कोभिड–१९ प्रभावित थियो । नेपाल सरकारले २०७६ माघ २७ मा त्यहाँबाट नेपालीलाई फिर्ता ल्याउने निर्णय गरेको थियो । त्यसबेला हवाई उद्धार र स्थानीय यातायातबापत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ करोड ४९ लाख ७९ हजार खर्च गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ५, २०७८ शनिवार - ०७:४९:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology