धादिङ । धादिङमा कोरोना भाइरसबाट हुने दैनिक संक्रमण केही दिनयता घट्न थालेको छ।अहिले जिल्लामा संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढेसँगै जिल्लाको सक्रिय केश १९६ रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
पछिल्लो २४ घण्टामा जिल्लाका ६ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ २५ संक्रमित निको भएका छन्। शनिबार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार धादिङ अस्पतालमा २० एन्टिजेन परिक्षण मध्ये ६ जनामा कोरोना पोजिटिभ देखिएको छ ।
यससँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या ८ हजार ९२६ पुगेको छ भने । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ५८७ पुगेको छ। यसैगरी जिल्लामा संक्रमणका कारण हालसम्म ७९ जनाको मृत्यु भएको छ।