शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

नागरिक पाटी

८, भाद्र २०७८
  • 5.1K
    SHARES
  • नेपालमा थप २ हजार ५ सय २५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु

    धादिङ । पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार नौ सय नौ जनाको पीसीआर र चार हजार एक सय नौ जनाको एन्टिजेन गरी १४ हजार आठ सय १० जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ३१ हजार नौ सय ६८ पुगेको छ ।

    images
    images

    यस्तै थप दुई हजार ८६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख दुई हजार एक सय ८३ पुगेको छ । यही अवधिमा थप ३५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

    योसहित कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार पाँच सय ६८ पुगेको छ । अहिले नेपालमा ३८ हजार दुई सय ५० जना सक्रिय सङ्क्रमित रहेकामा ६ सय २० जनाको आईसीयू र एक सय ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७८ मंगलवार - १९:०२:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology