शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वाग्मती प्रदेशमा सामूहिक खेती फस्टाउँदै

वाग्मती प्रदेशमा सामूहिक खेती फस्टाउँदै

नागरिक पाटी

१८, भाद्र २०७८
  • 5.3K
    SHARES
  • वाग्मती प्रदेशमा सामूहिक खेती फस्टाउँदै

    विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको बेला कृषि उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्न वाग्मती प्रदेशमा सामूहिक खेती अघि बढाइएको छ।

    images
    images

    वाग्मती प्रदेशका पाँच स्थानमा करिब साढे १७ सय बिघामा सामूहिक चक्लाबन्दी खेती गरिएको छ। यसले किसानलाई कृषि उत्पादन वृद्धिमा आकर्षित गरेको छ भने खेती पनि फस्टाउँदै गएको छ। सात सय ८९ कृषक घरधुरीले १७ सय ४४ बिघामा खेती गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय वाग्मतीका सचिव मतिना वैद्य जोशीले बताइन्।

    परम्परागत निर्वाहमुखी खेती प्रणालीले कृषि उत्पादन वृद्धि हुन नसकेका बेला सामूहिक खेती सुरु गरिएको हो। खेतीयोग्य भूमिको खण्डीकरण, घडेरीकरण, बाँझो भइरहेको अवस्थामा जमिनको उपयोग गरी उत्पादन वृद्धिमा सघाउ पुगेको छ।

    जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ। कृषियोग्य जमिनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले सामूहिक खेतीलाई प्रोत्साहन गरेको मन्त्रालयले जनाएको छ।

    सामूहिक खेती गर्दा कृषि उपकरण किन्न ७० प्रतिशतसम्म अनुदान दिएको छ। सामूहिक खेती अवधारणा अघि बढाएपछि बाँझो रहेको जमिन समेत उपयोगमा आउन आएको छ। सामूहिक चक्लाबन्दी गरी आधुनिक एवं यान्त्रिकीकरणको माध्यमबाट अन्नबाली, तरकारी बाली, माछापालन, फलफूल खेती गरेर उत्पादन गरेका छन्। नागरिक दैनिकमा दिलिप पौडेलले खबर लेखेका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७८ शुक्रवार - ०७:२५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology