गएको ४३ वर्षमा साढे तीन लाख पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन्। निकुञ्जको तथ्यांक अनुसार आर्थिक वर्ष २०३५-३६ देखि गएको असार मसान्त सम्ममा तीन लाख ४५ हजार३ सय १६ पर्यटक भित्रिएका हुन्।
यो निकुञ्ज तथा विभागमा टिकट काटेर भित्रिएका पर्यटकको संख्या हो। निकुञ्जले केही वर्षअघिसम्म विदेशी रसार्क राष्ट्रका नागरिकलाई प्रवेश शुल्क लिँदै आएकोमा पछिल्लो समय पर्यटकको रूपमा आएका नेपालीसँग पनि शुल्क लिने गरेको छ।
तथ्यांक अनुसारनिकुञ्जमा सबैभन्दा कम आर्थिक वर्ष २०३५-३६ मा ८ सय ८३ रसबैभन्दा बढी आर्थिक वर्ष २०७५-७६ मा १७ हजार ६ सय ९१ पर्यटक आएका छन्। दुई वर्षयता कोभिड–१९ का कारण पर्यटकको आगमन घटेको छ। रसुवामा विदेशी पर्यटकको आगमन कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्यांक छैन। तर २०३२ चैत ९ गते लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापना भएपछि पर्यटकको तथ्यांक राख्न सुरु गरिएको हो।
आर्थिक वर्ष २०३५-३६ मा ८ सय ८३ पर्यटक निकुञ्ज आएका तथ्यांकमा उल्लेख छ। यो भन्दा अगाडिको तथ्यांक निकुञ्जसँग पनि छैन। निकुञ्ज आउने पर्यटकमध्ये धेरैजसो जिल्लामा रहेका धार्मिक, प्राकृतिक रऐतिहासिक सम्पदाको अध्ययन, अवलोकन तथा अनुसन्धानका लागि आउने गर्छन्। निकुञ्जमा पर्यटक प्रवद्र्धनका कार्यक्रम सञ्चालन भएका कारण पछिल्लो समय पर्यटक बढ्दै गएका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्।
निकुञ्जले पदमार्ग सुधार, विश्रामस्थल निर्माण, सूचना पाटीको स्थापना लगायत काम गरेको छ। रसुवामा धार्मिकस्थल गोसाइँकुण्ड लगायत विभिन्न कुण्ड, ऐतिहासिक स्थल रसुवागढी, लाङटाङ, हिमशृंखला, तामाङ सम्पदा मार्ग, ५५ वटा गुम्बा लगायत प्राकृतिक तथा मानव निर्मित सम्पदा छन्।
त्यसैगरी, लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वको दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा लगायत जीवजन्तु पाइन्छ। पछिल्लो समय नेपाली पर्यटकले समेत प्रवेश शुल्क तिरेरआउने गरेका छन्। शुल्क तिरेरआउने नेपाली पर्यटकको संख्या समेत तथ्यांकमा समावेश गरिएको छ।
जिल्लामा चारवटा पदमार्ग छ। धुन्चे–चन्दनबारी– लौरीबिना–बुद्ध मन्दिरहुँदै गोसाइँकुण्ड पुगिने गोसाइँकुण्ड पदमार्ग, धुन्चे–ठूलोस्याफ्रु–लामाहोटल हुँदै लाङटाङ पुगिने लाङटाङ पदमार्ग, धुन्चे–स्याफ्रु–गोल्जुङ हुँदै गत्लाङ पुगिने तामाङ सम्पदा मार्ग रधैबुङबाट लोकिल हुँदै यार्सासम्म पुगिने रसुवा मार्ग गरेरचारवटा पदमार्ग सञ्चालनमा छन्।
जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरे पनि असोज १५ गतेदेखि कात्तिक मसान्त रचैतदेखि वैशाख अन्तिमसम्म बढी आउने गरेका छन्। सिजनमा लाङटाङमा दैनिक डेड सय जनासम्म पर्यटक जाने गरेका छन्। निकुञ्ज आएका पर्यटकमध्ये करिब ९० प्रतिशत लाङटाङ पुग्ने गरेकोमा पछिल्लो समय गोसाइँकुण्ड जानेको संख्या बढी छ। इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुरलगायत देशका पर्यटक आउने गरेका बताइएको छ। हिमनाथ देवकोटाले नागरिक दैनिकमा खबर लेखेका छन् ।