धादिङमा ९ जनाको कोरोना पोजिटिभ देखिएको छ।स्वास्थ्य कार्यालय धादिङले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार निलकण्ठ नगरपालिकामा ५, ज्वालामुखी गाउँपालिकामा २, त्रिपुरासुन्दरीमा र गंगाजमुना गाउँपालिकामा १÷१ जना गरी ९ जनामा कोरोना पोजिटिभ देखिएको हो।
यो सँगै जिल्लामा संक्रमित हुनेको सङ्ख्या नौ हजार ४१ पुगेको हो। यस्तै आज १२ संक्रमित डिस्चार्ज भएसँगै जिल्लाभर हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या ८ हजार ८१८ पुगेको छ भने सक्रिय केश ८५ पुगेकोे छ।