आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १ हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप १ हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नागरिक पाटी

२१, भाद्र २०७८
  • 3.5K
    SHARES
  • नेपालमा थप १ हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    नेपालमा थप एक हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार नौ सय ७९ जनाको नमुना परीक्षण गर्दा एक हजार आठ सय ९७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये ११ दशमलव ८७ प्रतिशत नमुनामा मात्रै सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा ८ लाख ५६ हजार दुई सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
    यस्तै थप १ हजार ७ सय ४३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २८ हजार नौ सय २८ पुगेको छ । यही अवधिमा थप २० जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार आठ सय ५८ पुगेको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७८ सोमवार - १८:१३:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology