आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

घरघरमा राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आग्रह

घरघरमा राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आग्रह

नागरिक पाटी

२३, भाद्र २०७८
  • 7.4K
    SHARES
  • घरघरमा राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आग्रह

    सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ ।
    मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा मन्त्रालयमा बिहान बसेको बैठकले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरघरमा राख्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

    images

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७८ बुधवार - १८:५८:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology