नारायणगढ–बुटवल सडकखण्ड फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ सरकारी स्वामित्वको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का अवधिमा काम नसक्ने पक्का जस्तै छ । एसियाली विकास बैंकको १७ अर्ब ऋण सहयोगमा ४ वर्षभित्र सक्ने गरी ठेक्का लिएर काम थालेको कम्पनीले २०७९ असोज मसान्तसम्म सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ ।
कम्पनीले काम थालेको करिब तीन वर्ष अवधिमा सडक फराकिलो पार्ने काम आठ प्रतिशतमात्रै भएको छ । यसबारे बुझ्न खोज्दा चिनियाँ ठेकेदार कम्पनीका कन्ट्र्याक्ट मेनेजर युआन हेनकुन सम्पर्कमा आउन चाहेनन् ।
नारायणगढ–बुटवल सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले चिनियाँ कम्पनीले ठेक्काको अवधि बढाउन प्रस्ताव गरेको र नेपाली पक्षले सम्झौताअनुसार नै काम सम्पन्न गराउनुपर्ने अडान राखेको बताए । महेन्द्र राजमार्गको बुटवल–नारायणगढ खण्डमा पर्ने १ सय १४ किलोमिटर सडक फराकिलो पार्ने ठेक्का पाएको कम्पनीले ३ वर्षको अवधिमा ८ प्रतिशतमात्र काम सम्पन्न गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।