आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

नागरिक पाटी

४, आश्विन २०७८
  • 6.3K
    SHARES
  • उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

    सुन्दरकुमार थकाली

    images

    नेपालमा पहिलोपटक दुर्लभ प्रजाति नयाँ चरा भेटिएको छ । नेपालका लागि उपल्लो मुस्ताङमा ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले जनाएको छ ।

    ‘युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलोपटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो । धार्मिक कला, संस्कृति र मौलिकताले भरिएको उपल्लो मुस्ताङको पर्यटकीय गाउँ लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघि सो प्रजातिको चराका तस्बिर कैद गरेका थिए ।

    पर्यटनकर्मी गुरुङले कैद गरेका तस्बिरहरू सुरुआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आकलन गरिए पनि सो तस्बिरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ जोमसोम-लोमान्थाङका कार्यालय प्रमुख एवं संरक्षण अधिकृत ऋषि बराललाई पठाइएको थियो ।

    उनी उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’ नै हो भन्ने विश्वस्त भए । चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञहरूलाई चराको विभिन्न तस्बिर पठाइयो । बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चराविद्हरू डा। हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यलगायतले चरा ‘युरोपियन रोलर’ नै भएको र हालसम्म नेपालमा अभिलेख नभएको बताएका छन् ।

    चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्ने गरेका एक्यापका कर्मचारी गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा उत्साहित बनाएको बताएका छन् । गुरुङ चरासम्बन्धी अवलोकनमा विशेष रुचि राख्ने गर्छन् ।

    संरक्षण अधिकृत ऋषि बरालले अझै पनि नेपालमा नयाँ चराहरू भेटिनु थप अनुसन्धानको आवश्यकता रहेको औंल्याए । ‘नयाँ प्रजातिको चरा कसरी यो क्षेत्रमा आयो रु यिनको अवस्था कस्तो छ रु उनले भने, ‘यसका लागि थप अनुसन्धान गर्नैपर्ने हुन्छ ।’

    वरिष्ठ चराविज्ञ डा। हेमसागर बरालले उपल्लो मुस्ताङमा भेटिएको चरा नयाँ प्रजातिको भएको दाबी गरे । ‘वास्तवमा यो चरा नेपालमा पाइन सक्छ भनेर यसमा रुचि राख्ने विज्ञहरूले तराई क्षेत्रमा निकै खोज गरे, अन्ततः चरा उपल्लो मुस्ताङमा पो भेटियो,’ उनले भने, ‘यो चरा नेपालमा पहिलो पटक अभिलेख भएको छ, यो चरा वयस्क चरा भने होइन ।’ थप नयाँ प्रजाति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षेत्रमा पाइने चराको संख्या पाँच सय १९ पुगेको छ ।

    तस्बिर : रामबहादुर गुरुङ (लोमान्थाङ )

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७८ सोमवार - १६:४९:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology