सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

मध्यभोटेकोशीको ९० करोडको आईपीओ आउँदै

मध्यभोटेकोशीको ९० करोडको आईपीओ आउँदै

नागरिक पाटी

११, आश्विन २०७८
  • 3.1K
    SHARES
  • मध्यभोटेकोशीको ९० करोडको आईपीओ आउँदै
    images

    मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई असोज २० गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान ९आईपिओ० बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

    images

    कम्पनीले आयोजना जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर आजै बाँडफाड गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीयलाईै आज भएको बाडफाडबाट १८० कित्तासम्मका लागि आवेदन दिने आवेदन दिएअनुसार र १९० कित्ता देखि ४०० कित्तान सम्मका लागि आववेदन दिने २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि १९० कित्तासम्म सेयर पाएका छन् ।

    त्यस्तै आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका सर्वसाधारणले १० देखि ४० कित्तासम्म आवेदन दिनेले आवेदन अनुसार नै र ५० देखि ४ सय कित्तासम्म आवेदन दिनेलाई भने गोलाप्रथाबाट ४० हजार ५४८ जनाले थप १० कित्ता गरी अधिकतम ५० कित्तासम्म सेयर प्राप्त गरेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

    नेपाल धितोपत्र बोर्डबाट आयोजना प्रभावित र स्थानीयका लागि १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । जसमध्ये आयोजना प्रभावित क्षेत्र र जिल्लाका वासिन्दालाई ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्काशन गरेको हो । अब ९० करोड बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि नै संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरी बाडफाडसमेत गरिसकेको छ ।

    कम्पनीको आईपीओमा असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डबाट सि–आश्वास अनुमति लिएको बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आईपीओमा लगानी गर्न सकिनेछ । नेपाल विद्युत प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनी मध्ये भोटेकोशीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - १२:०८:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology