धादिङको धुनिवेशी नगरपालिका ५ पुरानो धार्केमा शिक्षकको पेशागत सिप विकास तथा पुर्नताजगी सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सँगठन धुनिवेशीले भुवनेश्वरी माध्यमिक विद्यालयको आइसिटि हलमा बुधबार र विहिबार तालिमको आयोजना गरेको हो ।
तलिममा नगरपालिका भित्रका ३५ विद्यालयका इसिडी र कक्षा १ देखी ५ सम्म अध्यापन गराउनुहुने शिक्षकहरुको सहभागिता रहेको थियो । सहभागी शिक्षकहरुलाई बाल विज्ञ कुमुद भट्ट, र सहजकर्ता सविता महर्जनले प्रशिक्षण दिनुभएको थियो ।

शिक्षक सँगठन धुनिवेशीका अध्यक्ष अनिल रुपाखेतीको अध्यक्षतामा भएको तालिममा नेपाल राष्ट्रिय शिक्षक सँगठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । यस्तै धुनिवेशी नगरपालिकाको मेयर बालकृष्ण आचार्य, शिक्षा शाखा प्रमुख सुजन राज खनाल, शिक्षक सँगठनका जिल्ला अध्यक्ष ठान प्रसाद बसौला, जिल्ला उपाध्यक्ष गोर्वद्धन गोदार, निवर्तमान अध्यक्ष अर्जुन आचार्य, उपाध्यक्ष, लगायतको विशेष आतित्थ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा कार्यसमितीका पदाधिकारी लगायतको सहभागीता रहेको थियो । औपचारिक कार्यक्रमको सञ्चालन भने भुवनेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश कुमार रेग्मीले गर्नुभएको थियो । तालिम पछि सहभागीहरुले शिक्षकको पेशागत सिप विकास लगायतको बारेमा थप जानकारी पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।