शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १ हजार ३० जनामा कोरोना सक्रमण पुष्टि

नेपालमा थप १ हजार ३० जनामा कोरोना सक्रमण पुष्टि

नागरिक पाटी

१८, आश्विन २०७८
  • 3.9K
    SHARES
  • नेपालमा थप १ हजार ३० जनामा कोरोना सक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images
    images

    थपिएका सहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९८ हजार चार र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार दुई सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो २४ घण्टामा एक हजार जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७० हजार दुई सय २४ पुगेको छ । यही अवधिमा थप १० जनासहित नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म ११ हजार एक सय ७४ जनाको ज्यान गएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७८ सोमवार - १७:५७:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology