सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार बढ्यो, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार

शेयर बजार बढ्यो, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार

नागरिक पाटी

३१, आश्विन २०७८
  • 3.0K
    SHARES
  • शेयर बजार बढ्यो, एक अर्ब ४९ करोड रुपैयाँको कारोबार
    images

    दशैँ बिदापछि खुलेको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव ५९ अङ्कले बढेर दुई हजार ६ सय ५६ दशमलव ९६ विन्दुमा पुगेको छ ।

    images

    आज बैंकिङ समूहको शेयर ६ अङ्कले, विकास बैंकको साढे ६५ अङ्कले, व्यापारको ४२, होटलको एक सय पाँच, जलविद्युतको १६, फाइनान्सको १४ र माइक्रोफाइनान्स समूहको शेयर १७ अङ्कले बढेको छ ।

    यस्तै जीवन बीमा समूहको शेयर एक सय १२ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ११, उत्पादनको ३९ र अन्य समूहको शेयर ३४ अङ्कले बढेको छ ।

    आज दुई सय १८ कम्पनीका ४७ लाख ६० हजार कित्ता शेयर एक अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

    आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्सको शेयर सात प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि कालिका माइक्रो क्रेडिट, बोटलर्स नेपाल र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैका दरले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३१, २०७८ आइतवार - २०:२५:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology