सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन खुल्यो

सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन खुल्यो

नागरिक पाटी

४, कार्तिक २०७८
  • 9.2K
    SHARES
  • सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन खुल्यो
    images

    सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गते बिहीबार देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको हो । कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    images

    आईपीओमा सर्वसाधारण लगानीकर्ताले कार्तिक ४ देखि शेयरमा ८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यद्यपी कम्पनीको शेयर ६७ हजार ८९० जनाले मात्र पाउने भएकाले दश कित्ताको आवेदन नै यो निष्काशनका लागि प्रयाप्त हुनेछ ।

    सर्वसाधारणले मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७८ बिहिवार - १२:३९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology