शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीमा सञ्चालित बेटर ब्रिक नेपाल कार्यक्रमको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक सम्पन्न

धुनिबेशीमा सञ्चालित बेटर ब्रिक नेपाल कार्यक्रमको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक सम्पन्न

नागरिक पाटी

२३, कार्तिक २०७८
  • 5.9K
    SHARES
  • धुनिबेशीमा सञ्चालित बेटर ब्रिक नेपाल कार्यक्रमको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक सम्पन्न

    धुनिबेशी । धुनिबेशी नगरपालिकामा संचालित भएको बेटर ब्रिक नेपाल कार्यक्रमको बार्षिक समिक्षा तथा परियोजनाको बहिरगमन बैठक सोमबार सम्पन्न भएको छ ।
    कार्यक्रममा बार्षिक रुपमा सम्पन्न गरिएको क्रियाकलापहरु, ईटा उद्योगहरुले पालना गर्नुपर्ने न्युनतम मापदण्डहरु, पालिकाको फ्यास सिट, आगामी दिनमा नगरपालिकाको भुमिका के रहन्छ रु भन्ने बिषयमा बेटर ब्रिक नेपाल कार्यक्रमको फिल्ड संयोजक सुनिता कडेलले जानकारी गराउनु भएको थियो ।

    images
    images

    सन् २०१४ डिसेम्बर देखि नोबेम्बर २०२१ सम्म ग्लोबल फियरनेश इनिशियटिभ नेपाल रर प्रयास नेपाल धादिङको साझेदारिमा संचालन भएको बेटर ब्रिक नेपाल कार्यक्रम धुनिबेशी नगरपालिकाको ४ वटा ईटा उद्योगमा संचालन भएको थियो ।
    नगरपालिकासँगको समन्वय तथा सहकार्यमा कार्यक्रमले ईटा भट्टालाई उद्योगको रुपमा रुपान्तरण गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो । श्रमिकमैत्री,बातावरण तथा वातावरण मैत्रि ईटा उधोग बनाउनको लागि नितिगत तथा कार्य क्रमिक रुपमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

     

    धुनिबेशी नगरपालिकाको प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख निरु खरेल, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेल, शिक्षा प्रमुख, सामाजिक शाखा प्रमुख, वडा नं ६ का अध्यक्ष लगायत १२ जनाको उपस्थिति रहेको थियो । बिबिएन परियोजनाले ७ बर्षमा उद्योगमा गरेको कामलाई नगरपालिकाले अपनत्व लिई काम गर्ने र सो काममा प्रयास नेपाल धादिङले पनि समन्वय र सहकार्य निरन्तरताको अपेक्षा सहित प्रमुख बालकृष्ण आचार्यले हालसम्म भएको नमुना कामलाई समेत नगरपालिकाले स्वमित्व ग्रहण गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

    नोबेम्बर २०२१ बाट कार्यक्रम बहिरगमन हुने प्रयास नेपालका कार्यक्रम प्रमुख सुनिता कडेलले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २३, २०७८ मंगलवार - ०७:२०:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology