शेयर बजार परिसूचक नेप्से आज सोमवार बढेको छ । नेप्से आज २६ दशमलव ४४ अङ्कले बढेर दुई हजार सात सय १५ दशमलव ३५ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, उत्पादन, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज दुई सय २८ कम्पनीका ८६ लाख ३६ हजार कित्ता शेयर चार अर्ब ७३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ३५ करोड ४६ लाख रुपैयाँको शेयर किनबेच भयो ।