शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले बढेको छ । नेप्से ६९ दशमलव २२ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ५८ बिन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बिमा, विकास बैंक, उत्पादन, हाइड्रो र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ । दुई सय २७ कम्पनीका एक करोड ९३ हजार दुई सय २१ कित्ता शेयर पाँच अर्ब ५२ करोड १६ लाख रुपैयाँमा कारोबार भएका छन् ।