सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

नागरिक पाटी

१४, मंसिर २०७८
  • 4.7K
    SHARES
  • लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार
    images

    शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ । नेप्से मङ्गलवार एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ ।

    images

    विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, होटल, व्यापार, उत्पादन, जीवन बीमा, माइक्रोफाइनान्स र लगानी समूहको शेयर भने घटेको छ ।

    दुई सय २५ कम्पनीका ६४ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै आईसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

    इन्फिनिटी लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि सामलिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०७८ मंगलवार - १८:०१:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology