सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार राताम्मे

शेयर बजार राताम्मे

नागरिक पाटी

१९, मंसिर २०७८
  • 2.6K
    SHARES
  • शेयर बजार राताम्मे
    images

    शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    images

    वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५४ प्रतिशतले घटेको छ । त्यस्तै व्यापार ४ दशमलव २९ र विकास बैंक उपसमूहको परिसूचक ४ दशमलव २७, जलविद्युत् ३ दशमलव २९, अन्य र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ ।

    साथै बैंकिङ २ दशमलव ३३, होटल तथा पर्यटन २ दशमलव २७, निर्जीवन बीमा २ दशमलव १६ , उत्पादन तथा प्रशोधन २ दशमदज ०८, लघुवित्त २ दशमलव ६४ र जीवन बीमा उपसमूहको परिसूचक २ दशमलव २७ प्रतिशतले घटेको छ ।

    आज दुई सय २६ कम्पनीका ८९ लाख २० हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - १९:११:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology