शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सानिमा बैंक नौबिस शाखाद्धारा २ जना विद्यार्थीलाई छात्रवृती प्रदान

सानिमा बैंक नौबिस शाखाद्धारा २ जना विद्यार्थीलाई छात्रवृती प्रदान

नागरिक पाटी

२१, मंसिर २०७८
  • 9.2K
    SHARES
  • सानिमा बैंक नौबिस शाखाद्धारा २ जना विद्यार्थीलाई छात्रवृती प्रदान

    धुनिबेशी । सानिमा बैंकले हरेक बर्ष काठमाण्डौं बाहिरका शाखाहरुले प्रदान गर्ने छात्रवृती अन्तर्गत धादिङ जिल्लाको धुनिबेशी नगरपालिकामा रहेको नौबिसे शाखाले धुनिबेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयबाट यस बर्ष क्भ्भ् परिक्षामा उतिर्ण विद्यार्थीहरु मध्यबाट आबेदन माग गरी आबेदन परेका मध्यबाट २ जना जेहेन्दार, गरिब तथा विपन्न विद्यार्थीहरुलाई यस बर्षको छात्रवृती प्रदान गरेको सानिमा बैंक नौबिसे शाखाका प्रबन्धक शदिप बिक्रम शाहले जानकारी दिनु भएको छ।

    images
    images

    आज सानिमा बैंकको १७ औं बार्षिक उत्सवको उपलक्ष्यमा कार्यक्रम गरी उक्त छात्रवृती प्रदान गरेको प्रबन्धक शाहले बताउनु भएको छ।
    छात्रवृती पाउनेमा धुनिबेशी ९ मा रहेको डिल्ली साबित्री माध्यमिक विद्यालयबाट यस बर्ष क्भ्भ् परिक्षामा उत्रिर्ण विद्यार्थी सृजन खत्री र धुनिबेशी ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयबाट यस बर्ष क्भ्भ् परिक्षामा उत्रिर्ण विद्यार्थी रञ्जना रेग्मी रहेका छन्।

    छात्रवृती प्राप्त गरेका विद्यार्थीहरुले कक्षा ११ र १२ को सम्पुर्ण फि र स्टेसनरीका सामाग्रीहरुका साथै मासिक रू २,००० का दरले प्रत्येक महिना खाजा खर्च पाउने छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २१, २०७८ मंगलवार - १३:०७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology