सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयरबजार ४ अंकले घट्यो, साढे ४ अर्बको किनबेच

सेयरबजार ४ अंकले घट्यो, साढे ४ अर्बको किनबेच

नागरिक पाटी

२९, मंसिर २०७८
  • 5.6K
    SHARES
  • सेयरबजार ४ अंकले घट्यो, साढे ४ अर्बको किनबेच
    images

    सेयरबजारमा आज ४.२३ अंकको गिरावट आएको छ। नेप्से ४.२३ अंकले घटेर २४१४.६२ विन्दुमा रोकिँदा सेन्सिटिभ सूचक शून्य दशमलव ८९ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    images

    यो साता आइतबार र सोमबार लगातार उच्च अंकको गिरावट आएको बजारमा मंगलबार ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो। तर आज बुधबार फेरि ओरालो लागेको हो।

    आज २२८ कम्पनी कारोबारमा सामेल भएकामा साढे ४ अर्बको सेयर किनबेच भएको छ। बढेर सुरु भएको कारोबार सूचक घटेर बन्द भएको हो।


    बुधबार १३ मध्ये वाणिज्य बैंक, होटल र पर्यटन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा समूहको सूचक ओरालो लागेको नेप्सेले जनाएको छ। आज कम्पनीहरुको ९.९८ प्रतिशतसम्म सेयर मूल्य बढेको छ भने घट्ने कम्पनीको ५.३४ प्रतिशतसम्मले घटेको छ। यता कम्पनीहरुको १६ करोड रुपैयाँसम्मको उच्च कारोबार भएको नेप्सेले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २९, २०७८ बुधवार - १६:११:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology