शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीको महादेवखर्कमा दुई दिने एकिकृत सामुदायिक कार्यशाला गोष्ठी सम्पन्न

गजुरीको महादेवखर्कमा दुई दिने एकिकृत सामुदायिक कार्यशाला गोष्ठी सम्पन्न

उद्धव चेपाङ

७, पौष २०७८
  • 8.0K
    SHARES
  • गजुरीको महादेवखर्कमा दुई दिने एकिकृत सामुदायिक कार्यशाला गोष्ठी सम्पन्न

    गजुरी गाउपालिका वडा नम्वर ८ महादेवखर्कमा दुई दिने एकिकृत सामुदायिक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गजुरी गाउपालिका र शान्ती नेपालको साझेदारीमा सन्चालित एकीकृत सामुदायिक पोषण तथा खाद्द्य सुरक्षा परियोजना अन्तरगत गोष्ठी सम्पन्न भएको हो । गजुरी गाउपालिका वडा नम्वर ८ का अध्यक्ष राजकुमार ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा महादेवखर्क गाउका ५४ जनाको सहभागिता रहेको थियो ।

    images
    images

    कार्यक्रममा समुदायको आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य र सरसफाइको अवस्था विश्लेषण गरिएको थियो । ६१ घरधुरी तामाङ जातिको मात्र बसोबास रहेको समुदायमा ५ बर्ष मुनिका २८ जना बालिबालिका, ५ जना गर्भवती, १२ जना प्रवेशिका परीक्षा उत्तीर्ण गरेको,र एक जना सरकारी सेवामा रहेको पाइएको छ । गर्भजाँच नियामीत गर्ने गरेको, बालबालिकाको नियमित वृद्दी अनुगमन गर्ने गरेको र स्वास्थ्य सस्था टाढा भएका कारण अझै पनि केही आमाहरु घरमै सुत्केरी हुने गरेको पाइएको छ ।

    shanti nepal.jpg

    समुदायको समग्र विकासका बारेमा छलफल गर्न आयोजना गरिएको सामुदायिक गोष्ठीमा समुदायको राम्रा पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरुका बारेमा पनि छलफल गरिएको थियो । एउटै समुदायमा धेरै समुहहरु रहेको र प्रभाबकारी समूह परिचालन नभएकोले सामुदायिक विकासका लागि सबै घरधुरीलाइ आवद्द गराइ समूह समयोजन गरि प्रभावकारी रुपमा समिह परिचलान गर्ने निर्णय भएको छ । कार्यक्रममा वडा अध्यक्ष ढुङ्गानाले समुदायको कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ र पोषण सुधारका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।

    कार्यक्रममा शान्ती नेपालका परियोजना सम्योजक लाल प्रसाद पोख्रेल, सामुदायिक स्वास्थ्य सहजकर्ता सन्ध्या श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०७८ बुधवार - ०९:१२:३१ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology