आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राजु अधिकारीको "धुवाँको तस्बिर" प्रकाशित

राजु अधिकारीको "धुवाँको तस्बिर" प्रकाशित

नागरिक पाटी

८, पौष २०७८
  • 4.4K
    SHARES
  • राजु अधिकारीको "धुवाँको तस्बिर" प्रकाशित

    कथा र उपन्यास लेखनमा सकृय लेखक राजु अधिकारीको दोश्रो उपन्यास "धुवाँको तस्बिर" प्रकाशित भएको छ। विज्ञान कथा, स्वैरकल्पना र रहस्यमय विषयमा कलम चलाउन रुचाउने अधिकारीको यो उपन्यास पनि मानव मनोविज्ञान र रहस्यमा आधारित छ। विगत दुई वर्ष भन्दा बढी समय देखि नेपालमा इ-बुकहरूको प्रकाशन, बिक्री वितरण र प्रवर्धन गरिरहेको थुप्रै प्रकाशनले यो उपन्यास पनि इ-बुक को रुपमा बजारमा ल्याएको हो।

    images

    यो उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ।

    उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ। उपन्यास थुप्रै डट कम को वेबसाइट र मोबाइल एपमा इ-बुकको रुपमा संसारभरी उपलब्ध रहेको प्रकाशकले जनाएको छ।

    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - १७:३७:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology