सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

लगातार तेस्रो दिन पनि बढ्यो शेयर बजार

लगातार तेस्रो दिन पनि बढ्यो शेयर बजार

नागरिक पाटी

८, पौष २०७८
  • 2.8K
    SHARES
  • लगातार तेस्रो दिन पनि बढ्यो शेयर बजार
    images

    शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि बढेको छ । नेप्से बिहीवार १२ दशमलव ५३ प्रतिशतले बढेर दुई हजार पाँच सय २० दशमलव २३ विन्दुमा पुगेको छ ।

    images

    आज बैंकिङ, व्यापार, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स र लगानी समूहको शेयर बढेको छ । विकास बैंक, फाइनान्स र जलविद्युत समूहको शेयर भने घटेको छ ।

    आज दुई सय २९ कम्पनीका ८३ लाख २३ हजार कित्ता शेयर चार अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ३६ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    आज शिखर इन्सुरेन्स, वरुण हाइड्रो र जीवन विकास लघुवित्त कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै सात प्रतिशतले तथा सिन्धु विकास बैंक र साम्लिङ पावर कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - १७:४९:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology