शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीस्थित भस्मेखर्कका स्थानियले पिउन थाले सुरक्षित पानी

गजुरीस्थित भस्मेखर्कका स्थानियले पिउन थाले सुरक्षित पानी

उद्धव चेपाङ

१२, पौष २०७८
  • 4.4K
    SHARES
  • गजुरीस्थित भस्मेखर्कका स्थानियले पिउन थाले सुरक्षित पानी

    गजुरी गाउँपालिका वडा नम्वर ७ भस्मेखर्कका २१ घरपरिवारले सुरक्षित पानी पिउन थालेका छन । पानी शुद्दिकरणका लागि गाउका सबै घरधुरीले फिल्टर खरिद गरि प्रयोग गर्न थालेकाले भस्मेखर्क सुरक्षित पानी पिउने गाउँ भएको हो । स्थानिय सामुदायिकक समुहको सकृयतामा समुहकै श्रोतबाट खरिद गरिएको फिल्टर बितरण कार्यक्रममा गजुरी ७ का वडा अध्यक्ष केशव अधिकारीको अध्यक्षता रहेको थियो ।

    images
    images

    गजुरी गाउपालिकासँगको साझेदारी तथा वडाहरुसँगको समन्वयमा सञ्चालित एकीकृत पोषण तथा खाद्य सुरक्षा कार्यक्रक अन्तर्गत टोल स्तरिय खानेपानी, सरसफाई र स्वच्छता अभिमुखिकरण पश्चात् समूह सदस्यहरु आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत भई सूरक्षित पानी पिउने गाउँ बनाउने सामुहिक निर्णय गरेका थिए । यसै अवसरमा घर आँगन तथा भाँडा वर्तनको स्वच्छाका लागि जुठ्यान ब्यवस्थापन गरी खेर जाने पानी उपयोग गरी करेसावारी निर्माण गर्न शान्ती नेपालले प्रती घर दुई बोरा सिमेन्ट पनि सहयोग गरेको छ ।

    Shanti Nepal 1.jpg

    कार्यक्रममा गजुरी गाउपालिकाका रामशरण डल्लाकोटी, शान्ती नेपालाका सामुदायिक स्वास्थ्य सहजकर्ता सन्ध्या श्रेष्ठ, कृषि प्राविधिक ललिता सुनार लगायत स्थानीय समुदायको सहभागिता रहेको थियो । सफा र स्वच्छ क्षेत्र घोषणाका सुचकहरु मध्ये भस्मेखर्क गाउमा एक घर एक धारा, भाँडा सुकाउने मचानको व्यवस्था, घर आगन सरसफाइ, हात धुने ठाउमा साबुनको व्यवस्था र सबै परिवारले शौचालयको समुचित प्रयोग भएको पाइएको छ ।

    पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङको समन्वयमा जिल्लाका १३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा सबै पालिकालाई सफा र स्वच्छ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ । शान्ती नेपालले गजुरी र बेनिघाट रोराङ गाउपालिकाको साझ्दारीमा ५ बर्षमुनिका बालबालिका र आमाको पोषण स्वास्थ्यमा सुधार गर्ने उदेश्यका साथ सञ्चालित एकीकृत सामुदायिक पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत समुदाय र सरोकारवालाहरुलाई सरसफाईर स्वच्छताबारे पनि सहजिकरण गर्दै आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १२, २०७८ सोमवार - २१:१२:५६ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology