सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

६० अङ्कले बढ्यो शेयर बजार

६० अङ्कले बढ्यो शेयर बजार

नागरिक पाटी

१८, पौष २०७८
  • 4.1K
    SHARES
  • ६० अङ्कले बढ्यो शेयर बजार
    images

    हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ६० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आइतवार ६० दशमलव ४१ अङ्कले बढ्दै दुई हजार पाँच सय ८४ विन्दुमा पुगेको छ ।

    images

    कारोबार भएका समूहमध्ये एउटा समूहको मात्रै शेयर घटेको छ । आज म्युचल फन्डको शेयर शून्य दशमलव शून्य ६ अङ्कले घट्दा निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै चार सय ११ अङ्कले बढेको छ । यस्तै उत्पादन समूहको शेयर तीन सय ४८ अङ्कले, जीवन बीमा समूहको शेयर तीन सय ४४, विकास बैंक समूहको शेयर एक सय ४४ अङ्क र माइक्रोफाइनान्स समूहको शेयर एक सय ४० अङ्कले बढेको छ ।

    आज दुई सय ४० कम्पनीका ७१ लाख ६० हजार कित्ता शेयर चार अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

    आज हिमालयन डिस्टिलरी र मध्य भोटेकोशी कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुर्खाज फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - १८:५५:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology