सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार परिसूचक बढ्यो

शेयर बजार परिसूचक बढ्यो

नागरिक पाटी

१९, पौष २०७८
  • 5.3K
    SHARES
  • शेयर बजार परिसूचक बढ्यो
    images

    शेयर बजार बजार परिसूचक नेप्से आज सोमवार पनि बढेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

    images

    आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले, निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।

    आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले तथा गुराँस लघुवित्त कम्पनीको साढे नौ प्रतिशतले बढेको छ । रुरु जलविद्युत् र नेपाल बङ्गलादेश बैंकको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १९, २०७८ सोमवार - १८:३०:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology