निर्वाचन आयोगले पर्सि शुक्रवार २९ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । माघ १२ गते राष्ट्रिय सभा चुनावसँगै पालिका र प्रतिनिधि सभाको चुनाव र मतदाता नामावली अद्यावधिकबारेमा छलफल गर्न ३० गते शुक्रवार बिहान ११ बजेका लागि बैठक बोलाइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
पालिका, प्रदेश तथा सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने १६ दललाई बैठकमा बोलाइएको प्रवक्ता पौडेलले बताउनुभयो । छलफलमा पालिकाको मिति घोषणाबारेमा छलफल हुने उहाँको भनाइ छ ।
आउँदो वैशाखमा पालिकाका जनप्रतिनिधिहरूको समय अवधि सकिने भएकाले त्यसअघि चुनाव गर्न आयोगले दलहरूको ध्यानाकर्षण गराउँदै आएको छ ।