सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से आज ६९ अंकले बढ्यो, ९ अर्ब ६७ करोड भन्दा धेरैको कारोबार

नेप्से आज ६९ अंकले बढ्यो, ९ अर्ब ६७ करोड भन्दा धेरैको कारोबार

नागरिक पाटी

२, माघ २०७८
  • 5.2K
    SHARES
  • नेप्से आज ६९ अंकले बढ्यो, ९ अर्ब ६७ करोड  भन्दा धेरैको कारोबार
    images

    कारोबार हुने हप्ताको पहिलो दिन आज शेयर बजार ६९ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६९ अंकले बढेर दुई हजार ९ सय २६ दशमलव ७४ बिन्दुमा पुगेको हो ।

    images

    आज कारोबार भएका कम्पनीमध्ये एक सय ६७ वटाको मूल्य बढेको छ । १६ वटाको घटेको छ । ६ वटाको मूल्य स्थिर रह्रयो । आज उत्पादन तथा प्रशोधन समूहको सूचक ४ सय ९ अंकले, जीवन बीमा तीन सय ८९ र निर्जीवन बीमा दुई सय ६६ अंकले बढेको छ ।

    त्यस्तै विकास बैंक समूह एक सय ४३ अंकले, ब्यापार समूह झण्डै ८० अंकले, जलविद्युत् ७५, फाइनान्स साढे ५६ अंकले, होटल साढे ५५ अंकले, वाणिज्य बैंक समूह साढे ३९ अंकले बढेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । आज एक करोड ८२ लाख ५४ हजार चार सय २५ कित्ता शेयर नौ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपैयाँमा कारोबार भएका छन् । यो कारोबार झण्डै तीन महिना यताकै उच्च हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०७८ आइतवार - १८:००:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology