शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा

रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा

नागरिक पाटी

३, माघ २०७८
  • 6.4K
    SHARES
  • रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा

    दैनिक दुई सय भन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने रसुवागढी नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् ।

    images
    images

    रसुवागढी नाका चालु हुँदा करिब १५ सय कन्टेनर यो नाकामा संचालनमा रहेका थिए । तर, अहिले करिब सात सय कन्टेनरले मात्र सामान ढुवानी गर्ने गरेको व्यवसायीहरू बताउँछन् । अन्य कन्टेनर व्यवसायीहरूले बिक्रि गरेसँगै अन्यन्त्र ढुवानीमा प्रयोग भएको पाइएको छ । सामान ढुवानीमा लामो समय कुर्नुपर्ने, दुई महिनामा बल्ल बल्ल पालो आउनेलगायतका कारण कन्टेनर व्यवसाय प्रभाबित भएको कन्टेनर व्यवसायी छेवाङ सेनाम तामाङले बताए ।

    ‘कन्टेनरको नाम मात्र हो, अहिले न त परिवार पाल्न सक्नु न त बैकको किस्ता तिर्न सक्नु, बिजोेक भयो,’ उनले भने, ‘बल्ल तल्ल एक टिप लाग्छ पहिला १२ हजारले सबै पुग्ने ठाउँमा अहिले १७÷१८ हजार त डिजेल नै लाग्छ, पहिला जिल्लाको ४÷५ सय गाडि थियो, अहिले त सय वटा पनि छैन् होला, किस्ताले तान्ने, कोहि कता पुग्यो पुग्यो, सबै सक्कियो ।’ सहज रुपमा नाका संचालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको अर्का कन्टेनर व्यवसायी रोहित तामाङले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०७८ सोमवार - ०९:१७:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology