आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप आज ६ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

नेपालमा थप आज ६ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

नागरिक पाटी

९, माघ २०७८
  • 2.9K
    SHARES
  • नेपालमा थप आज ६ हजार ४ सय ६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार चार सय ३७ जनाको नमुना परीक्षण गर्दा ३७ प्रतिशत अर्थात् ६ हजार चार सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै २४ घण्टामा एक हजार चार सय १६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या आठ लाख २१ हजार ६ सय ९९ पुगेको छ ।

    यही अवधिमा चार जना सङ्क्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म ११ हजार ६ सय ५५ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

    अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० पुगेको छ । यीमध्ये दुई सय १५ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै पाँच सय जनाभन्दा धेरै सक्रिय सङ्क्रमित भएका जिल्लाको सङ्ख्या १५ पुगेको छ । नेपालमा केही हप्तायता कोरोना सङ्क्रमण बढ्न थालेको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०७८ आइतवार - १७:४३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology