सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो

नागरिक पाटी

१३, माघ २०७८
  • 5.7K
    SHARES
  • शेयर बजार सामान्य बढ्यो
    images

    चार दिनसम्म लगातार घटेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से बिहीवार तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ ।

    images

    आज निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ । फाइनान्स समूहको शेयर १४, जलविद्युतको पाँच, उत्पादनको २५ र अन्य समूहको शेयर १७ अङ्कले बढेको छ ।

    आज ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भयो ।

    विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर आज पनि १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १३, २०७८ बिहिवार - १७:१६:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology