शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

स्थानीय चुनावप्रति राष्ट्रपतिको चासो

स्थानीय चुनावप्रति राष्ट्रपतिको चासो

नागरिक पाटी

१४, माघ २०७८
  • 5.0K
    SHARES
  • स्थानीय चुनावप्रति राष्ट्रपतिको चासो

    राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन संविधानले व्यवस्था गरेअनुसारै गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेकी छन्।

    images
    images

    प्रधानमन्त्री देउवा बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। भेटका क्रममा राष्ट्रपति भण्डारीले संविधानको मर्म र भावनाअनुसार स्थानीयलगायत सबै तहका निर्वाचन गराउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएकी हुन्।

    संविधानले तीनै तहका सरकार जनप्रतिनिधिविहीन अवस्थाको परिकल्पना नगरेको औंल्याउँदै राष्ट्रपति भण्डारीले सरकारले संविधान र कानुनअनुसार नै गर्नेमा आफू विश्वस्त रहेको बताएकी थिइन्। कार्यकाल सकिएपछि निर्वाचन गर्ने विगतको व्यवस्थाले मुलुक जनप्रतिनिधिविहीन अवस्थामा पुगेको स्मरण गराउँदै उनले स्थानीय तहको निर्वाचन मिति संविधान र कानुनको सीमाभित्र रहेर तत्काल तोक्न प्रधानमन्त्रीलाई आग्रह गरिन्।

    जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनबारे सरकार राजनीतिक दलसँग परामर्शमा रहेकाले छिट्टै टुंगोमा पुग्ने बताएका थिए। सरकार संविधान र कानुनभन्दा बाहिर जानै नसक्ने र नजाने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री देउवाले संविधान र कानुनभित्र रहेर सबै तहको निर्वाचन समयमै गराउने बताएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १४, २०७८ शुक्रवार - ०८:०५:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology