आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्थानीय तहको चुनाव जेठ ४ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव जेठ ४ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

नागरिक पाटी

१८, माघ २०७८
  • 4.0K
    SHARES
  • स्थानीय तहको चुनाव जेठ ४ गते गर्न निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन आयोगले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज मङ्गलवार भएको छलफलमा आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने नयाँ मिति प्रस्ताव गरेको हो ।

    images

    यसअघि आयोगले वैशाखको १४ र दुई चरणमा गर्नुपर्ने भए दोस्रो चरणका लागि वैशाख २२ गतेको प्रस्ताव गरेको थियो । तर सरकारले मिति नतोकेको र सत्तारुढ गठबन्धनबीच जेठ महिनाभित्र चुनाव गर्ने सहमति भएपछि आयोगले जेठ ४ गते एकै दिन चुनाव गर्ने प्रस्ताव गरेको हो ।

    स्थानीय तहका पदाधिकारीको पदावधि आउँदो जेठ ५ गते सकिँदैछ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - १९:०९:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology