आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

नागरिक पाटी

१९, माघ २०७८
  • 3.3K
    SHARES
  • नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

    नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ५८२ नमूना परीक्षण गर्दा बुधबार थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    images

    मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको हो।


    यस्तै, देशका विभिन्न ठाउँमा गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०७८ बुधवार - १७:१४:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology