शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

नागरिक पाटी

२०, माघ २०७८
  • 4.4K
    SHARES
  • एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसद् बैठकमा पेस गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर सत्तासीन दलका नेताहरूबीच खटपट भएपछि गठबन्धन जोगाउन एकले अर्कोलाई फकाउन थालेका छन्।

    images
    images

    कांग्रेसका नेताहरू बुधबार दिनभर सत्ताघटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेतालाई मनाउन दौडधुपमा व्यस्त रहे। यसै विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि दौडधुप गरे।

    कांग्रेसका नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग बेग्लाबेग्लै भेट गरे। दाहाल र नेपालले बिहान–बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरे। प्रधानमन्त्री देउवाले जसरी पनि संसद्को चालु अधिवेशनमा एमसिसी सम्झौता पेस गरी अनुमोदन गराउने नीति लिएपछि सत्ता गठबन्धन दलका नेताहरूबीच खटपट उत्पन्न भएको छ। खटपट बढ्दै गए स्थानीय तहको निर्वाचअघि नै गठबन्धन टुट्न सक्छ। यस्तो अवस्था आउन नदिन बुधबार दिनभर नेताहरू आपसी छलफल र परामर्शमा व्यस्त रहेका हुन्।

    तत्काल एमसिसी संसद् बैठकमा पेस गर्न नहुने बताउँदै आएका माओवादी केन्द्र र नेकपा एसले प्रधानमन्त्रीले संसद्मा लगे के गर्ने भन्नेबारे छलफल गरेका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०७८ बिहिवार - ०८:२४:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology