शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरीको कुपिण्डेमामा दुग्ध उत्पादन नमुना कृषक पाठशाला समापन

गजुरीको कुपिण्डेमामा दुग्ध उत्पादन नमुना कृषक पाठशाला समापन

नागरिक पाटी

२५, माघ २०७८
  • 10.2K
    SHARES
  • गजुरीको कुपिण्डेमामा दुग्ध उत्पादन नमुना कृषक पाठशाला समापन

    गजुरीको कुपिण्डेमामा दुग्ध उत्पादन नमुना कृषक पाठशाला समापन

    images
    images

    धादिङ । धादिङको गजुरी गाउँपालिका-७, कुपिण्डेमा ९ महिने दुग्ध उत्पादन नमुना कृषक पाठशालाको मंगलबार समापन गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपंक्षि विकास मन्त्रालय अन्तर्गत खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) गोर्खा क्लष्टरले पाठशाला संचालन गरेको हो । गजुरी-७ र ८ नम्बर वडामा समूह बनाएर दुग्ध उत्पादन गर्दै आएका किसानलाई समेटेर पाठशाला संचालन गरिएको फ्यानसेप क्लस्टर इकाइ गोरखा प्राविधिक सहायक बलदेब सिंह महरले बताए ।

    273437670_692236188459312_187624113977190539_n.jpg

    समापनमा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत, उपाध्यक्ष सीता ढुंगाना, प्रमुख प्रशाकीय अधिकृत राजन घिमिरे, गजुरी ७ को वडा अध्यक्ष केशव अधिकारी गाउँ पुगेका थिए ।

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले किसानको माग अनुसार बजेट व्यवस्थापन गर्न गाउँपालिका सधैं तयार रहेको बताए । किसानले उत्पादन गरेको कृषि उत्पादन बजारसम्म पुर्‍याउन सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बस्नेतले बताए । कृषि क्षेत्रको विकासमा किसानको माग अनुसार काम गरेरै छोड्छौं, तपाईलाई आवश्यक परेका कुरा हामीलाई भन्नुहोस् अध्यक्ष बस्नेतले प्रतिवद्दता व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै उपाध्यक्ष ढुंगानाले किसानले उत्पादन गरेको दुध तथा कृषिजन्य उत्पादनको बजारीकरणमा थप सहयोग गरिने बताइन । उनले भने, उत्पादन गरेर मात्रै हुँदैन, बिक्री गर्न बजार चाहिन्छ, त्यसैले किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान कृषि एम्बुलेन्स नै संचालन गर्नेछ ।

    पाइलोटिङको रुपमा नेपाल सरकारले ल्याएको यो परियोजनाले किसानको जिवनस्थर सुधारमा सहयोग पुगेको ढुंगानाले बताइन् । किसानको कार्यक्रममा गाउँ पुगेका प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेले पनि कृषि क्षेत्रको विकासको लागि गाउँपालिका तयार रहेको बताएका छन् ।

    पाठशालामा किसानहरुलाई गोठ सुधार, घाँस व्यवस्थापन, औसधिउपचार, रोगका लक्षण, लगायत पशुपालनको लागि नया नया प्रबिधी जस्तै परालमा युरिया मलको घोल हालेर परालमा युरिया उपचार गरि उत्पादनमा बृदी हुने , प्राबिधिक ज्ञान सिकाइएको फ्यानसेपका पशुसेवा प्राविधिक एवं पाठशालाका प्रमुख सहजकर्ता बिष्णु कुमार श्रेष्ठले जानकारी गराए ।

    पाठशालामा पशुपालन सम्बन्धि सीप सिकेका किसानहरु पनि खुसी भएका छन् । गजुरी-८ लामाचिराकी कृषक गिता थापाले खुसी व्यक्त गर्दै भनिन्, गोठ सुधार भयो । प्राबिधिक ज्ञान बढेको छ । परम्परागत पेसालाई नै व्यवसायिक बनाउन थालेका छौ । कृषिमै केही गर्न सक्छौ भन्ने विश्वास बढेको छ । व्यवासाय प्रवर्द्धनका लागि सरकारबाट वा संघ सस्थाबाट अझै सहयोगको अपेक्षा गरिएको उनले बताएकी छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०७८ मंगलवार - २०:०५:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology