जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा हालसम्मकै धेरै आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट २७ लाख ६ हजार ७६७ वटा आवेदन परेको हो। यो संख्या आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो।
कम्पनीले सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरिएकोमा मंगलबारसम्म ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ। जुन सर्वसाधारणबाट माग भएको रकमको ६७.८६ गुणा बढी हो।
लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको थियो। जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्तााट आवेदन मागिएको हो।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७ सय ९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन्। यसरी हेर्दा २६ लाख ५० हजारभन्दा बढीको हात खाली हुने भएको छ।