गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा "लगायौ कस्तो मोहनी" गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको शब्द,संगीत रहेको प्रेमिल शैलीको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सींङ र मास्टरिङ रहेको छ ।
पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह "द नेक्स्ट" को युट्युब च्यानलबाट रिलिज गरिएको हो। संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिज संगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।