सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार १ सय १ अङ्कले घट्यो

शेयर बजार १ सय १ अङ्कले घट्यो

नागरिक पाटी

१, फाल्गुण २०७८
  • 5.2K
    SHARES
  • शेयर बजार १ सय १ अङ्कले घट्यो
    images

    शेयर बजार परिसूचक नेप्से परिसूचक आइतवार एक सयभन्दा धेरै अङ्कले घटेको छ । नेप्से आज एक सय एक दशमलव २४ अङ्कले घटेर दुइ हजार सात सय दशमलव ३२ अङ्कमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा बीमा समूह, विकास बैंक, उत्पादन समूह, माइक्रोफाइनान्स, फाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

    आज दुई सय २७ कम्पनीको एक करोड १६ लाख कित्ता शेयर पाँच अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको ३२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    आज माथिल्लो तामाकोशी र नारायणी विकास बैंकको शेयर सबैभन्दा धेरै आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि पाँच वटा कम्पनीको शेयर सामान्य बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १५:३०:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology