राष्ट्र उत्थान लघुवित्तको प्राथमिक सेयर (आईपीओ) बिक्री बुधबारदेखि खुल्ला भएको छ । कम्पनीले १ सय अंकित मूल्यमा कुल ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारण समूहको बिक्री गर्न लागेको हो । जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ७ लाख ९४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।
यो कम्पनीको आईपीओमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ । विभिन्न बैंकका शाखा कार्यालय वा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । काभ्रेपलान्चोकको साँगामा प्रधान कार्यालय रहेको यस लघुवित्तको हाल प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९२ पैसा छ ।
फागुन ११ देखि अर्को कम्पनी नेस्डो लघुवित्तको आईपीओ पनि खुल्ने छ । कम्पनीले कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण समूहमा बिक्री गर्नेछ । जसमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता सर्वसाधारणलाई बाँडफाँट हुनेछ । १५ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।