शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव

हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव

नागरिक पाटी

१०, फाल्गुण २०७८
  • 7.2K
    SHARES
  • हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव

    हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव झेल्दै आएका छन् । पहुँचका आधारमा जग्गा ओगट्ने प्रवृत्ति बढ्दै गएपछि नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएको हो ।

    images
    images

    यस औद्योगिक क्षेत्रभित्र स्थापना गरिएका उद्योगमध्ये केही बन्द भएको वर्षौं भइसक्दासमेत न उद्योग पुनः सञ्चालनका लागि प्रयास थालिएको छ न जग्गा खाली गरिएको छ ।

    यसरी बन्द उद्योगले जग्गा खाली नगरिदिँदा नयाँ उद्योग स्थापनाका लागि जग्गाको अभाव हुने गरेको हो । यो औद्योगिक क्षेत्रमा उद्योगलगायत सेवा क्षेत्रका लागि विकास गरिएको जग्गामध्ये उद्योग स्थापनाका लागि सम्झौता गरेर पनि स्थापना नभएका र बन्द उद्योगले ठाउँ ओगट्दा २६१ रोपनीभन्दा बढी जग्गा उपयोगविहीन बनेको छ ।

    हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले १३३ वटा उद्योगले जग्गा बहाल सम्झौता गरेकामा हाल १११ वटा उद्योग सञ्चालनमा र केही निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए।

    औद्योगिक क्षेत्रभित्र स्थापना भएका नेपाल वनस्पति घिउ उद्योग, नेमो पार्केट, गङ्गा सोप, चुरियामाई काष्ठ उद्योगलगायतका उद्योग लामो समयदेखि बन्द छन् । गोरखापत्र दैनिकमा राममणि दाहालले खबर लेखेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १०, २०७८ मंगलवार - ०७:३८:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology