आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिकामा चुनावी माहौल बढ्यो, मेयरमा कुन पार्टीबाट को-को चर्चामा छन् ?

धुनिवेशी नगरपालिकामा चुनावी माहौल बढ्यो, मेयरमा कुन पार्टीबाट को-को चर्चामा छन् ?

नागरिक पाटी

१५, फाल्गुण २०७८
  • 21.7K
    SHARES
  • धुनिवेशी नगरपालिकामा चुनावी माहौल बढ्यो, मेयरमा कुन पार्टीबाट को-को चर्चामा छन् ?

    धादिङको धुनिवेशी नगरपालिकामा चुनावी माहौल बढेको छ । आगामी बैसाख ३० गते सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा सँगै राजनैतिक दलहरुले चुनावी गतिविधी बढाएपछि चुनावी माहौल बढेको हो । मुख्य गरि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका केहि नेताहरुले मेयरमा आकाँक्षा व्यक्त गरेका छन् भने केहिको नाम चर्चामा छ ।

    images

    आकाँक्षा व्यक्त गरेकाहरु सँग नागरिकपाटी डटकमले गरेको कुराकानी र बजारमा चलेको चर्चा अनुसार आगामी निर्वाचनमा नेकपा एमालेबाट सुरेश आचार्य, रामराजा पाण्डे, केदार पाठक र देवराज लुँईटेलको नाम चर्चामा छ । आचार्य अहिले पार्टीको जिल्ला कमिटी सदस्य र पाण्डे पार्टीको नगर अध्यक्ष हुन् । यस्तै पाठक अहिले धुनिवेशी ७ का वडा अध्यक्ष छन् भने लुँईटेल नगर कमिटी सदस्य हुन् ।

    यस्तै नेपाली काँगेसबाट धुनिवेशी नगरपालिकाको मेयरमा राजकुमार कुँवर, सुरज उप्रेती, दिपेन्द्र पाठक, रामकृष्ण पाण्डे, प्रकाश हमाल र राजकुमार पाठक लगायतको नाम चर्चामा छ । कुँवर पार्टीको धादिङ प्रदेश सभा क्षेत्र नम्बर १ क का क्षेत्रीय सभापती हुन् भने उप्रेती नगर सभापती, दिपेन्द्र पाठक पुर्व नगर सभापती, पाण्डे पार्टीको जिल्ला सचिव, हमाल अहिले धुनिवेशी ३ का वडा अध्यक्ष र राजकुमार पाठक महादिवेशन प्रतिनिधी हुन् ।

    यस्तै नेकपा माओवादीबाट मेयरमा दिपक लामिछाने "सुवोध", राजकुमार पाठक, बासु बास्कोटा, राजन रेग्मी “निशान” र दिपक ठकुरी लगायतको नाम चर्चामा छ । लामिछाने पार्टीको जिल्ला सचिव हुन् भने पाठक नगर कमिटी अध्यक्ष, बास्कोटा नगर इन्चार्ज, रेग्मी पार्टीको धादिङ प्रतिनिधी सभा १ का सँयोजक र ठकुरी पार्टीको जिल्ला कमिटी सदस्य हुन् ।

    यस्तै नेकपा एकिकृत समाजवादीबाट मेयरमा बालकृष्ण आचार्यको चर्चा छ । उनि हाल नगरपालिकाको मेयर पनि हुन् । यसैगरी उक्त पार्टीबाट रामचन्द्र आचार्य र गोकुल रेग्मी लगायतको नाम पनि चर्चामा रहको छ । आचार्य पार्टीको बागमती प्रदेश कमिटी सदस्य हुन् भने रेग्मी नगर सँयोजक हुन् ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजयकुमार रिमालको नाम चर्चामा छ । उनि उक्त पार्टीको केन्द्रिय सदस्य हुन् । यो बाहेक अन्य पार्टीहरुबाट पनि मेयरमा आकाँक्षा व्यक्त गरेका छन् ।

    नोट : माथी उल्लेख गरिएका नाम बाहेक अन्य आकाँक्षीहरु छन् भने हामीलाई जानकारी गराउन सक्नुहुन्छ । : सम्पादक

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १५, २०७८ आइतवार - १५:०९:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology